फागुन ४, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ स्थित सानाटाकुरा गाउँमा भीषण आगलागी भएको छ । सानाटाकुराका गोपाल नेपालीको घरमा अपरान्ह करिब ४ बजे एक्कासी आगलागी हुँदा घर र गोठमा पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट कुनै मानवीय क्षति तथा घर पालुवा जनावरको क्षति भएको छैन् ।
आगलागी दिउसो नास्ता बनाउने बेलामा भएको बताइएको छ । तर कारण खुल्न सकेको छैन् । आगलागीबाट ३ लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ । स्थानियबासी र इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सन्धिखर्क ले जनएको छ ।
Comments are closed.