Nepal's First Video FM

प्रम ओली भन्छन्-‘पुष्पलाल र मनमोहन पदभन्दा माथि थिए’

776

फागुन ४, प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा शुक्रबार माल्यार्पण गरेका छन् ।

मनमोहन स्मृति भवनमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताए । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताए । प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित लगायतले पनि नेकपा (एमाले)का तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.