फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमामा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् भने अनमोल र उपसना सिंह ठकुरी फिर्चड छन् । गीतको शब्द दिग्गज धौरालीले लेखेका हुन्। कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
उपासना सिंह ठकुरी, प्रियंका एमभीको डेब्यु रहेको यो फिल्ममा कथा सामिप्य राज तिमिल्सीनाको रहेको छ । फिल्म ‘क्याप्टेन’को निर्माण भुवन केसीले गरेका हुन् । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । फिल्मलाई दिर्घ खडकाले सम्पादन गरेका हुन् ।
अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको फिल्म फागुन १७ गते रिलिज हुने समय तोकिएको छ।
Comments are closed, but trackbacks and pingbacks are open.