Nepal's First Video FM

फुजी स्याउ खेतीका लागि उत्तम भूमी कर्णाली

1,003

माघ ९, जुम्लामा युरोपबाट भित्र्याईएको फुजी जातको स्याउको व्यवसायिक खेती शुरु गरिएको छ । एकवर्ष अघि जुम्लामा फुजी जातको स्याउको व्यवसायिक खेती शुरु गरिएको कृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत पारस महतले बताए ।

जुम्लाको चन्दननाथ भैरवनाथ गुठीको २० हजार वर्गमिटर जग्गामा २ हजार ५ सय बुटा फुजी स्याउ लगाईएको जुम्ला एग्रो फामका प्रमुख लोकदर्शन श्रेष्ठले जानकारी दिए।

त्यस्तै जुम्लाको खलंगामा हाम्रो कृषि सहकारी संस्थाले ८ सय र जुम्ला एग्रो फार्मले १७ सय फुजी जातको स्याउको बोट लगाएको छ।

जुम्लाका कनकासुन्दरी, ताम्ती र सदरमुकाम जुम्ला खलंगामा फुजी जातको स्याउ लगाइएको छ । नर्सरीमा उत्पादन गर्नेेदेखि फुजी स्याउ फल्न तीन वर्षको समय लाग्ने कृषि अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भाले जातको गोल्डेन डेलिसियस स्याउ किसानले लगाएको सात महिनामै फल्ने गर्छ । फुँजी स्याउका लागि उचाई र हावापानी सुहाउँदो हुने भएकाले कर्णालीका मुग र डोल्पामा पनि यसको व्यवसायिक खेती गर्न शुरु गरिएको कृषी अनुसन्धान केन्द्र जुम्लाले जनाएको छ ।

You might also like

Comments are closed.