राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अडियो प्रकरणमा सांसद ढाकाकुमार श्रेष्ठलाई बुधबार कारबाही गर्ने तयारी गरेको छ।
पार्टीको अनुशासन समितिले मंगलबार सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो। समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
बयानका क्रममा पनि सांसद श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दावी गरेका थिए। पार्टी निकट स्रोतका अनुसार सांसद श्रेष्ठलाई त्यही सिफारिसका आधारमा आज बस्ने केन्द्रीय समितिको बैठकले साधारण सदस्यबाट निष्कासन गर्नेछ। पार्टीबाट निष्कासन भएपछि उनको सांसद पद स्वत: नै जानेछ।
Comments are closed.