Nepal's First Video FM

नेविसंघद्धारा आफ्नो संगठन मजबुत बनाउन “नेविसंघ क्विज” प्रतियोगीता संचालन ।

83

भुमिकास्थान नगरपालिकाभित्र संगठन बिस्तारको जिम्मा नेविसंघ जिल्ला सदस्य लक्ष्मण घिमिरे र भुमिकास्थान नगर अध्यक्ष शुशिल बेल्बासेले पाएका छन ।
झारा टार्ने किसिमले होईन आउँदो निर्वाचनमा पार्टीलाई सहयोग पुग्ने किसीमले परिचालित हुनुपर्छ भन्ने मनसायका साथ संगठनलाई सुदृढ बनाउन उनीहरुको टोली गाँउ पसेको छ ।

नवनिर्वाचित पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष अनिशा शाहि ठकुरी, भुमिकास्थान नगरका विद्यार्थी नेता मदन घिमिरे,भुमिकास्थान नगर अध्यक्ष शुशिल बेल्बासे,जिल्ला सदस्य लक्ष्मण घिमिरे सहितको टोली पौष १ गतेदेखी नगर भित्रका प्रत्येक माविहरुमा संगठन विस्तार गरिरहेका छन ।
भुमिकास्थान नगरपालिकामा नेविसंघले आफ्नो संगठन मजबुत बनाउन “नेविसंघ क्विज” प्रतियोगीता संचालन गरेको छ । संगठन विस्तारको क्रममा प्रत्येक विद्यालयमा संगठन सम्बन्धि प्रश्नको सहि जवाफ दिने १ जानालाई पुरस्कृत समेत गरिएको छ । शान्ती माध्यामिक विद्यालय, धारापानीबाट करिश्मा सुनार बिजयी हुनुभएको छ ।

त्यस्तै “नेविसंघ क्विज” प्रतियोगीतामा विश्व माध्यामिक विद्यालय, ढाकाबाङबाट निर्मला खनाल बिजयी हुनुभएको छ । नेपाल विद्यार्थी संघले भुमिकास्थान नगरपालिका–४, धारापानीमा रहेको शान्ती माध्यामिक विद्यालयमा कमला पोख्रेलको सभापतित्वमा १९ सदस्यीय नेविसंघ शान्ती माध्यामिक विद्यालय ईकाइ कमिटीको गठन गरेको छ । जस्को उपाध्यक्षमा मनिषा घर्तिमगर रहनुभएको छ । त्यस्तै सचिवमा तारा बहादुर बन्जाडे,सहसचिवमा मनिषा परियार, कोषाध्यक्षमा असल परियार, सदस्यहरुमा बिष्णु जिएम, बन्दना पोख्रेल, लक्ष्मी भुुसाल, सरस्वता सुनार, करिश्मा सुनार, सुशिला सुनार, शिल्पा सुनार,सावित्रा बन्जाडे,अप्सरा केसी र आरता खनाल रहनु भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेविसंघका जिल्ला सदस्य एवं बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष लक्ष्मण घिमिरेले संगठनको आवश्यक्ता र महत्वबारे प्रकाश पार्नुभएको थियो । विद्यालय भित्रै थुप्रै किसीमका अनियमितता रहेको भन्दै विद्यार्थिहरु आफै जागरुक भएर आवाज उठाउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रम पाणिनी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष रुद्र भुसालको अध्यक्षता, पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष अनिशा शाहि ठकुरीको स्वागत मन्तव्य र भुमिकास्थान नेविसंघका नगर अध्यक्ष शुशिल बेल्बासेको संचालनमा सम्पन्न भएको हो ।

यसैबिच नेविसंघले भुमिकास्थान–१,ढाकाबाङमा रहेको विश्व माध्यामिक विद्यालयमा पनी नयाँ नेतृत्व चयन गरेको छ ।
बिष्णु बेल्बासेको सभापतित्वमा १९ सदस्यीय नेविसंघ विश्व माध्यामिक विद्यालय ईकाइ कमिटी गठन भएको हो । जस्को उपाध्यक्षमा अस्मिता खनाल र सबिना बन्जाडे रहनुभएको छ । त्यस्तै सचिवमा सागर बेल्बासे,सहसचिवमा सिता खनाल, माधब भुसाल, कोषाध्यक्षमा सविता नगरकोटी, सदस्यहरुमा बिन्दु भुसाल, चिरन्जवी खनाल, बिक्रम खनाल, मन्जु नेपाली, अन्जु खनाल, नवराज बेल्बासे, शिव खनाल, गणेश बेल्बासे,बासु घिमिरे, विशाल खनाल र दुर्गा प्रसाद खनाल रहनु भएको छ ।

कार्यक्रममा नेविसंघका जिल्ला सदस्य एवं बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष लक्ष्मण घिमिरे, पाणिनी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष रुद्र भुसाल, विद्यार्थि नेता मदन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष अनिशा शाहि ठकुरीको स्वागत मन्तव्य र भुमिकास्थान नेविसंघका नगर अध्यक्ष शुशिल बेल्बासेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.