Nepal's First Video FM

कांग्रेस महासमिति बैठकः आज विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

51

काठमाडौमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ । विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको छैन् । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रिय समितिले पारित गर्नुपर्ने प्रावधान छ ।

विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिभित्र मुख्य गरी पदाधिकारी चयनको प्रक्रिया बारे अझै सहमति जुट्नज सकेको छैन् । विधान मस्यौदा समितिले केन्द्रिय समितिमा ल्याएको प्रस्तावमा केन्द्रिय समितिको संख्या ८५ बाट बढाएर १ सय ४१ पु¥याएको छ । महासमिति बैठकमा आइतवार पार्टीको सांगठनीक, राजनीतिक र समग्र आर्थिक नीति लगायतका प्रस्ताव पेश भएको थियो । पेश भएका प्रस्तावमाथि प्रदेश स्तरीय सात समुह बनाई छलफल गरिने बताइएपनि बैठकमा समय मागेर बोल्ने क्रम लम्बिएकोले आईतबार समुहगत छलफल भने हुन सकेन ।

महासमिति बैठकमा हिन्दुराष्ट्रको प्रस्ताव पनि लैजान महासमिति सदस्यहरुले पहल गरिरहेका छन् । केन्द्रिय कार्यसमितिले उक्त प्रस्ताव नल्याएपछि महासमिति सदस्यहरुले सनातन हिन्दुराष्ट्र अंगिकार गर्ने गरी विधान संशोधन गर्न हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन् । केन्द्रिय समितिले प्रस्ताव नल्याएपछि सो प्रस्तावलाई एजेण्डाको रुपमा लैजान कुल महासमिति सदस्य मध्य २५ प्रतिशतको सहमति चाहिन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.