Nepal's First Video FM

बरु मुख्यमन्त्री छाड्छु, राजनीतिक जिम्मेवारीबाट हट्दिनँ: शंकर पोखरेल

94

प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने प्रष्ट पारेका छन् ।पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका छन् ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै पोखरेलले मुख्यमन्त्री भए पनि राजनीतिक जिम्मेवारीबाट नहट्ने बताए । उनले भनेका छन्, ‘बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’

दाङ २ को ‘क’बाट प्रदेशसभा सदस्य बनेका पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.