Nepal's First Video FM

तुलसीपुरस्थित राम्री नजिक भएको बस दुर्घटनामा १० को मत्यु

481

दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको छ । वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै गरेको राप्ती प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट खस्दा सडकबाट देख्न नसक्ने अवस्थामा पुगेको थियो । ९ महिला र २१ जना पुरुष सवार बसमा के कति हताहती भयो भन्ने खुल्न बाँकी छ । तर प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार १ महिला र ९ पुरुषको शव घटनास्थलमा पाइएको छ ।

घटनामा परेकाहरुको उद्दार कार्य जारी राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । वसमा सवार विद्यार्थी तथा शिक्षकहरु सल्यानको कपुरकोटस्थ्ति मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै थिए ।

You might also like

Comments are closed.