Nepal's First Video FM

पर्यटन बिकास र प्रबर्धनको लागि मेला लगाइएको भन्दै नेपाली संस्कृति हराउने प्रस्तुति देखाइदै

660

पदम राज जोशी, फाल्गुन ४ : नेपालमा अहिले पर्यटन विकास तथा प्रबर्धन सास्कृतिक बचाउने भनि मेला लगाउदै नेपाली संस्कृति हराउने प्रस्तुति देखाउनेको क्रम देश भरिनै बढेको छ । अहिले नेपालका अधिकांस भेगहरुमा मेला महोत्सवको लगाई रहेको पाइन्छ ।

मेला महोत्सवको ब्यानर हेर्दा संकृति बचाउन, पर्यटन बिकास तथा प्रबर्धन गर्ने लेखेको हुन्छ भने महोत्सवमा प्रस्तुति भने हाम्रो कला, संस्कृति बिपरित देखिएको देख्न सकिन्छ ।

अहिलेका मेला महोत्सबमा उत्तेजना दिने खालका प्रदर्शनहरु देखाई महोत्सब पर्यटन बिकास र प्रबर्धनकालागि नभई पैसा कमाउन मेला महोत्सब गरिएको पाइन्छ । नेपालमा धेरै जसो ठाउँहरुमा लोक कलाकारलाइ बोलाउने गरिन्छ । लोक भन्नाले लोकले पचाउने खाले भन्ने हुन्छ तर अहिलेका मेला महोत्सबमा भने लोकले पचाउने भन्दा पनि पैसा कमाउने तथा मेला राम्रो चलेको हेर्न चाहाने प्रवृति बढेको पाइन्छ ।

मेला महोत्सबमा कला संस्कृति भुली भल्गर देखाई मेला चलाउने प्रवृति अहिले नेपालमा आएको छ । मेलामा कला भएको भन्दा पनि भल्गर देखाउने कलाकारलाइ बोलाउने गरेको धेरै भन्दा धेरै देख्न पाइन्छ यसो चल्दा कला भएका कलाकारको संख्या भन्दा पनि भल्गर देखाउने कलाकारको संख्या बढ्दै गएको देख्न सकिन्छ ।

यसो त नेपालमा कला संस्कृति बचाउने भनेर खोलेका संस्थाहरु नभएका होइनन तर ति संस्थाहरुबाट अहिले केहि पनि हुन् सकेको छैन । महोत्सबका संचालकहरुबाट पनि धेरै जना दर्शकहरुले मेलामा उफ्रायो भने मेला चलेको र त्यसो भएन भने मेला नचलेको भन्ने सोच आएको देख्न सकिन्छ । हाम्रो कला संस्कृति अरु भन्दा भिन्न भएपनि अहिले त्यो कला संस्कृति हराउदै गएको बिज्ञहरु बताउछन । कला संस्कृति बचाउन देश तथा हामिहरुले अहिलेनै केहि न केहि सोच्ने बेला आएको छ । यस्तै चल्ने हो भने हाम्रो कला संस्कृति हाम्रो भाबि सन्ततिले कहिले पनि देख्न सक्ने छैन ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.