Nepal's First Video FM

चोरीका सामानसहित चार पक्राउ

529

महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो ।

पक्राऊ परेका महतोको साथबाट प्रहरीले चोरीका एसर कम्पनीका एक ल्यापटप र त्यसको चार्जर, विभिन्न कम्पनीको पुराना मोबाइल, मोबाइलकै हापकभर, फ्लिप कभर, टेम्पर ग्लास, डाटा केबल, इयरफोन, फोग लाइट र टेस्टर बरामद गरेको थियो । त्यस्तै भन्सार छली भारतबाट विभिन्न सामान बोकी आएका औरही नगरपालिका–४ का सञ्जीव यादव, हरिदेव राय र शत्रुधन रायलाई सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारबाट सामानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

ज४प ७६३९, ज४प ९१६२ र ज५प २७४० नं का मोटरसाइकलमा आएका उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित दोफुल खानेतेल ४० बोतल, फौज ब्राण्डका बारा १५० किलो, चिनी ४०० किलो, पार्लेजी बिस्कुट पाँच कार्टुन बरामद गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न चोरी, चोरी पैठारीका सामानसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

You might also like

Comments are closed.