Nepal's First Video FM

‘लभ स्टेशन’ अब चैत ८ मा !

605

प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लभ स्टेशन’ को प्रदर्शन मिति सरेको छ । चैत १ लाइ प्रदर्शन मिति तय भनिएको यस चलचित्र अब एक साता पछि सरि चैत्र ८ गते देखि प्रदर्शनमा आउने भएको छ ।

निर्देशक उज्वल घिमिरेको निर्देशन रहेको चलचित्र ‘लभ स्टेशन’ को सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कलमा गरिएको छ ।

चलचित्रमा प्रदीप र जसितासँगै मिस सिलगुढीका श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने यस चलचित्र पारिवारिक प्रेमकथामा आधारित रेहको छ । काफिया फिल्म्सको व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेको यस चलचित्रमा निर्मातामा गोविन्द शाही रहेका छन् ।

You might also like

Comments are closed.