Nepal's First Video FM

निर्मला हत्याको पछिल्लो अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने

58

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषी पत्ता लगाउन नसकेको भन्दै चर्को आलोचना खेपिरहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार अर्थात आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । प्रहरी प्रधान कार्यालयमा दिउँसो पौने दुईबजे गरिने भनिएको पत्रकार सम्मेलनमा निर्मला हत्याको पछिल्लो अनुशन्धान र उपलब्धी लगायतका विषयमा जानकारी दिईने बताइएको छ ।

यसअघि पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ परेका कञ्चनपुरका दुई युवक विशाल चौधरी र प्रदीप रावलले निर्मला हत्या घटनामा आफूहरु संलग्न रहेको साविति बयान दिएपनि उनीहरुको संलग्नताबारे पुष्टि गर्न प्रहरीले डिएनए परीक्षण गर्दा नतिजा उल्टो आएको थियो ।

विशालको घटनामा कुनै संलग्नता नभेटिएपछि उनलाई रिहा गरिएको थियो भने प्रदीपलाई अझैपनि प्रहरी हिरासतमै राखिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.