Nepal's First Video FM

सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु

610

सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा हुने भएको छ। सम्मेलनको राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महान्याधिवक्ता अग्नीप्रसाद खरेलले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने सम्मेलनको समापन उपराष्ट्रपति नन्दबहादुुर पुनले पुस १० गते गर्ने बताइएको छ । सम्मेलनमा नयाँ मुलुकी ऐनको प्रभावकारी कार्यान्वयनका लागि साझा अवधारणा तय गर्ने उद्देश्य राखिएको छ ।

तीनै उद्देश्यमा केन्द्रित भएर सम्मेलनमा छलफल हुने पनि महान्यायाधिवक्ता खरेलले बताउनुभयो । सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्तासहित ३ सय ७९ जना सरकारी वकीलहरु सहभागी हुनेछन् ।

‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजनः अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा ८० जनाभन्दा बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी हुने पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

You might also like

Comments are closed.