Nepal's First Video FM

गोरखामा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेन

726

चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिनुभयो । दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उहाँले जानकारी दिनुभयो ।

आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको छ । उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले बताउनुभयो ।

उहाँका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्नि रेखा बनाउने काम भइरहेको छ वडाध्यक्ष बिर बहादुर लामाले आगो नियन्त्रणका लागी उचित पहल नभएको बताउनु भएको छ । “अब सामान्य हिसावले आगो निभाउन सक्ने कुनै संभावना नै छैन”, उहाँले भन्नुभयो, “हेलिकप्टरबाट पानी हाल्न सकेको खण्डमा मात्र आगो नियन्त्रणमा आउन सक्छ ।”

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आगो नियन्त्रणका लागि पहल गरी दिन गृहमन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो । सकेसम्म सेनाको हेलिकप्टर प्रयोग गरेर आगो नियन्त्रणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । आगो नियन्त्रणमा नआए एउटा गुम्बा जोखिममा पर्नसक्ने बताइएको छ ।

You might also like

Comments are closed.