Nepal's First Video FM

आफैँले बोकेको राइफल पड्किँदा प्रहरी जवानको छातीमा प्वाँल

436

आँफैले बोकेको बन्दुक पड्किँएर लाग्दा उर्लाबारीमा एक प्रहरी जवान गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जवान सञ्जीव खडका रहेका छन् ।

“पड्किएको राइफल उनि आँफैले बोकेका थिए बा १ झ ६४५० नं को मोबाइल भ्यानमा सोमबार हामी गस्तिमा थियौ त्यहिँबेला एक्कासी पड्कियो” इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत खड्काका एक सहकर्मीले भने । सोमबार विहान साढे ५ बजे गस्तीमा निस्केको समयमा यस्तो घटना भएको हो ।

गोली लाग्दा खड्काको छाती पार गरेर उनिहरु सवार भेनको छत पनि प्वाल परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । घाइते जवान खड्काको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी घनश्याम श्रेष्ठले बताए।

You might also like

Comments are closed.