Nepal's First Video FM

करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

450

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ।घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवलदार अम्बादत्त जोशीले जानकारी दिए।

कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णा पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको उनले बताए। उनका अनुसार कृष्णापुर–५ बाट सेती अञ्चल अस्पताल कैलाली आउन १ घण्टा लाग्छ ।करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो।बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो।आमाकाे मृत्युकाे खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

You might also like

Comments are closed.