Nepal's First Video FM

प्रदेश नं. ५ : उपसभामुखका लागि आज मनोनयन, भोलि निर्वाचन

479

फाल्गुन ५, प्रदेश नम्बर ५ को उपसभामुखका लागि शनिबार मनोनयन हुँदैछ । उपसभामुखका लागि एमाले र माओवादी गठबन्धनले उम्मेदवार तय गरेका छैनन् ।

गठबन्धनको भागबण्डामा सभामुख माओवादीले पाएपछि एमालेले उपसभामुख पाएको थियो । त्यही अनुसार एमालेले महिलालाई उपसभामुखको उम्मेदवार बनाउने छ ।

एमाले प्रदेश ५ संसदीय दलको बैठकले उम्मेदवारको टुंगो लगाउने जिम्मा संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको सांसद लिला गिरीले जानकारी दिए ।

संसद सचिवालयले शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उपसभामुदको मनोनयनको समय तोकेको छ ।

उपसभासमुखका लाथि एमाले भित्र बर्दियाकी कृष्णी थारु र दाङकी धनकली थारुको चर्चा छ । मनोनयनपछि आइतबार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्नेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.