Nepal's First Video FM

आजको राशिफल : पौष २० गते, शुक्रबार

606

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने शैली नमिल्नाले पुनः गर्नुपर्नेछ भने समयको ख्याल नगर्दा विभिन्न अवसरहरू गुम्नेछन् । अरूको व्यवहारले केही समस्या निम्त्याए पनि अग्रज तथा आफन्तको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । पुराना कामहरू छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नयाँ काम गर्ने वातावरण नबन्दा आर्थिक रूपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाइको लागि यात्रामा समस्या निम्तिन सक्छ । प्रेममा अविश्वास बढ्ने हुनाले सन्तुलित व्यवहार गर्नु नै उचित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहौल तथा शुभ मांगलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवधि प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरीमा पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले ऋण,रोग तथा शत्रुको सामना गर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लगनशील तथा ईमान्दारिता पूर्वक गरिएको कामहरू सफलता पूर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रूपमा सबल हुने समय रहेको छ । विशिष्ट व्याक्तिहरुको सङ्गतले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिँदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यवसायमा सदाभन्दा आम्दानी बढिनै हुनेछ भने माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहँदा नचाहँदै एक अर्कासँग टाढिनु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य चोटपटक लाग्न सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले शत्रुहरूलाई किनारा लगाउँदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरू दिन भन्दा खटेर काम गर्न सकिनेछ । नजिकका मित्रहरूबाट सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाइनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा गाडी घोडाको व्यवसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मित्रहरूको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथीभाइहरूको गलत सङ्गतले नकारात्मक सोचको विकास हुनेछ भने नियम विपरीत काम गर्न उक्साउने हरू सक्रिय रहनेछन् । छाती सम्बन्धी समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाढाको यात्रा हुने हुँ नाले मन विचलित हँुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रस्तुति गर्दा ध्यान दिनुहोला । यात्रा भए पनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । अध्ययनमा तपाईँको उपस्थिति कमजोर रहनेछ । व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ भने प्रेममा अविश्वास बढ्ने योग रहेको छ । साझपख समय मध्ययम रहेकोले समाजसेवामा समय खर्चने हरूले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा इष्टमित्र तथा अग्रज सँग टाढिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईँको आजको निर्णय आत्मघाती पनि हुन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले उत्पादित उद्योगमा लगानी गर्ने गरी पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने अरूलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) नयाँ कामको प्रस्ताव आउनेछ भने नयाँ प्रकृतिको काम थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न भई घर परिवारका इच्छा आकाङ्क्षा तथा दैनिक उपभोग्य वस्तुहरूको परिपूर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक वस्तुहरूको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । पारिवारिक माहौलमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साझपख समय मध्ययम रहेकोले बोल्दा ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा अविश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाझिनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गी) दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी कामहरू गर्न सकिनेछ । पढाई लेखाइमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफूतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई भेटी सौहार्दपुण वातावरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरू पुरा हुने तथा आफ्नो मानिसबाट उपहार तथा भौतिक सामानहरू प्राप्त हुनेछ साझपख समय मध्ययम रहेकोले खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिँदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माता पिताको कामबाट मन प्रसन्न हुनेछ भने भनेजस्तो सहयोग पाइने हुनाले दैनिक काम सहज रूपमा सम्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुविधा प्रयोग गरी सम्पन्न हुने योग रहेको छ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । सिर्जनात्मक तथा लेखन शैलीमा विकास हुनेछ भने अध्ययन अध्यापनमा विजयको योग रहेको छ । आफ्ना गुरु तथा अग्रजहरूको आशिर्बाद पाइने हुँदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.