लागुऔषध ब्राउन सुगरसहित एक दम्पतीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले ती दम्पतीबाट २४.७१ ग्राम ब्राउन सुगर जफत गरेको छ । अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा सो ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको जनाएको छ
Comments are closed, but trackbacks and pingbacks are open.