Nepal's First Video FM

चन्द्रागिरी र दामनमा हिउँ पर्‍यो

466

सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ।

पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो। ‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ। काठमाडौं आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ।’

यसैबीच राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र दामनमा हिउँ पर्न सुरू गरेको छ।यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्।

कँडेलका अनुसार सोमबार साँझसम्मै राजधानीलगायत पूर्वी नेपालको आकाशमा बादल हुनेछ।‘भारी वर्षाको सम्भावना छैन, साँझपखपछि बादल हट्नेछ,’ उनले भनिन्, ‘मंगलबार पनि केही पहाडी भू-भागमा बादल लाग्नेछ तर तराईतिर भने मौसम सफा रहनेछ।’

हिउँदे वर्षासँग भोलिदेखि बिहान र साँझपख जाडो बढ्ने उनले बताइन्। बादल लागेकाले सोमबार भने राजधानी न्यूनतम तापक्रम आइतबारभन्दा पाँच डिग्री बढेको थियो।

You might also like

Comments are closed.