काठमाडौंमा सडकमै बाटो काटिरहेका पैदलयात्रु माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाडौँको सामाखुशी चोकमा माइक्रोबसको ठक्करबाट धुम्बाराहीकी ५५ वर्षे सीता दाहालको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घाइते भएका चारजनाको सामाखुशीको अल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार दिउँसो पौने १२ बजे बा १ ज ९७६६ नम्बरको माइक्रोबसले सामाखुशी चोकमा बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो ।घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Comments are closed.