Nepal's First Video FM

जापानी विदेशमन्त्री आज नेपाल आउँदै

513

जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि आज (बुधबार ) काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लागेका हुन् ।

जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच हवाई सेवा सम्झौता हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्वन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुने मन्त्रालयले जनाएको छ । भ्रमणबाट नेपालमा जापानी लगानीे तथा पर्यटन प्रवर्द्वन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ।

बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा पिनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ

परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिनाअघि जापानको औपचारिक भ्रमण गरेका थिए । यसअघि नेपालका तत्कालीन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ को अक्टोबर ५ तारिखमा जापानको भ्रमण गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले सन् २०१५ को मार्च महिनामा जापानको भ्रमण गरेका थिए ।

You might also like

Comments are closed.