Nepal's First Video FM

विष्णु गायिका माझी र सुर्य खड्काको आवाजमा अवकास,जुन गित हेर्दा आँसु खसेको पत्तै हुँदनै

729

जापानमा रहेर पनि नेपाली गित संगितमा दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको आवाज रहेको नयाँ गित अबकास भर्खर मात्र सार्वजनिक भएको छ ।

विष्णु माझी र सुर्य खड्काको आवाज रहेको सो गित हेर्दै जाँदा कतिवेला आँसु आउछ थाहानै हुँदैन । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गितले विषयबस्तु बनाएको छ । गितको सम्पुर्ण पक्ष प्रशंसा गर्न लाएक छ ।

इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन । दिपेश घिमीरे र सारिका के.सीले गितमा निकै उत्कृष्ट अभिनय गरेका छन ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै खड्काले आफुलाई यो गित अत्यन्तै मन परेको बताउदै गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गितको पुरै म्युजिक भिडियो हेर्नुहोस

You might also like

Comments are closed.