कमल सरगम-काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रका एक चर्चित गायक खुमन अधिकारी र सुगम संगीतमा आफ्नो छुट्टै छाप छाडेकी एक प्रख्यात गायिका मेलिना राईको आवाजमा उमङ्ग श्रेष्ठ र उत्कृष्ट श्रेष्ठको लोक दोहोरी गीत”कोहिली कराउने बजारमा आएको छ।गीतमा चलचित्र क्षेत्रकी चर्चित नायिका नम्रता सापकोटा र उमङ्ग श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ।
खुमन अधिकारीको उत्कृष्ट लय र देवी प्रसाद खनालको शब्द रहेको गीतको निर्देशन भने बिगत २ दशक लामो निर्देशन पाटो सम्हाल्दै आउनु भएका हाल सालको पातको टपरी हुने गीतबाट चर्चामा चुलिएका निर्देशक शिब बिकको रहेको छ।शिब फिल्म्सले निर्माण गरेको भिडियोको छायांकन भने शम्भु चालिसेले गरेका हुन्।भिडियो सम्पादन रबिन बिकको रहेको छ भने गीत ओएस आर डिजिटल मार्फत आएको छ।
Comments are closed.