Nepal's First Video FM

माघीकाे राैनक सुरु भएसँगै ‘खिचडी’ महोत्सव’

83

प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताउनुभएको छ ।

रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा शनिबारबाट सुरु भएकाे तीनदिने ‘खिचडी महोत्सव’मा सम्बाेधन गर्दै उहाँले भन्नुभयो, ‘थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन उद्योग बलियो आधार हो ।’

उपसभामुख चौधरीले थारु समुदायको संस्कार र संस्कृति मौलिक भएको उल्लेख गर्दै थारु समुदायको संस्कारको जर्गेना गर्नुपर्ने आवश्यकमाथि जोड दिनुभयो ।

प्रदेशसभा सदस्यद्वय पुष्पा चौधरी र कमला विश्वकर्मा, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष खुशीराम चौधरी, सभाका सचिव चन्द्रमान चौधरीलगायतले थारु सुमदायको संस्कार र संस्कृतिको संरक्षण आवश्यक भएको बताउनुभयो ।

उक्त महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, डबवा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै विभिन्न थारु परिकारको उपभोग गरिएको थियो ।

माघेसङ्क्रान्ति सखिय हो माघिक पिली गुरी जाँरु भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धुमारु’ भनिन्छ । माघको दोस्रो दिन खिचडी खाने चलन छ, त्यसलाई ‘खिचरिहवा’ भनिन्छ

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.