Nepal's First Video FM

टोटनह्याममाथि म्यान्चेस्टर युनाइटेडको कठिन जित

179

म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । उनकै गोलमा युनाइटेडले संघर्षपूर्ण जित निकालेको हो ।

४४औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित निकाल्न सफल भयो ।

जितसँगै म्यान्चेस्टर युनाइटेडले २२ खेलबाट ४१ अंक बनाएको छ । युनाइटेड लिगको छैटौ स्थानमा छ । यता टोटनह्याम भने युनाइटेडसँग पराजित मात्रै भएन लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमायो । यदि युनाइटेडलाई पराजित गरेको खण्डमा म्यान्चेस्टर सिटीलाई पछि पार्दै टोटनह्याम लिगको दोस्रो स्थानमा उक्लिने थियो । तर पराजित टोटनह्यामको २२ खेलबाट ४८ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५० अंक रहेको छ । त्यस्तै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको भने समान खेलबाट ५७ अंक छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.