Nepal's First Video FM

गोविन्द केसीलाई निमोनिया, एन्टिबायोटिक लिन मानेनन्

439

शिक्षा र स्वास्थ्यमा भएको व्यपारीकरणको अन्त्य र जनताको पक्षमा राष्ट्रिय चिकित्सा ऐन ल्याउन माग गर्दै ६ दिन देखि इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई निमोनिया सहितका विभिन्न समस्या देखिएपछि विहान इलाम अस्पतालमा भर्ना गरिएको छ।

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्र कुमार शाहले डा. केसीको छातिको दाया भागमा निमोनिया देखिएको जानकारी दिए। केसीको मुटुको चाल अनियमित भएको छ, पल्स पनि अनियमित भएको उनले जानकारी दिए।

राति खोकी लाग्ने, मुटुको चाल तलमाथि हुने, बोल्दा आवाज हराउने समस्या आएपछि डाक्टर र उनका सहयोगीहरूको आग्रहमा केसी इलाम अस्पतालमा सर्न राजी भएका हुन्।

इलाम नगरपालिकाको फुलगाछीमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह सुरु गरेका केसीलाई सोमबार विहान इलाम अस्पतालमा सारिएको हो।उनलाई स्लाइन र अक्सिजन लगाइएको छ। संक्रमण रोक्न ऐन्टिबायोटिक्स प्रयोग गर्न अनुरोध गरेपनि केसीले अस्वीकार गरेका छन्।

You might also like

Comments are closed.