Nepal's First Video FM

१२ वर्षपछि जापान जाँदै वायुसेवा निगमको उहाज

351

वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म उडान गरेर त्यसपछि बन्द गरेको जापान उडान पुनः गर्ने भएको छ । निगमले वाइडबडी जहाजमार्फत सातामा तीन वटा उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको वायुसेवा निगमले जानकारी दिएको छ ।

‘काठमाडौंबाट जापानको ओशाकामा सीधा उडान गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छौं’, निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने । उनका अनुसार अब हामीले जापान सिभिल एभिएसन ब्युरोको अन्तिम स्वीकृत मात्रै पर्खिरहेका छौं । जापानको ओशाका विमानस्थलले निगमलाई उडान स्लटसमेत दिइसकेकोले छ । अब उसको स्वीकृतिपछि एक महिनाको समय राखेर उडान तालिका सार्वजनिक गर्ने चरणमा पुगेको पनि खरेलले बताए ।

निगमले जापानको ओशाका विमानस्थलमा उडान गर्न सातामा तीनवटा उडानका लागि स्लटसमेत दिइसकेको छ । काठमाडौंबाट पहिलो पटक सीधा जापान उडानको तयारी थालेकोले कर्मचारी पठाउने, ग्राउन्ड ह्यान्डलिङ, कर्मचारी नियुक्तसहित विवरण दिइसकिएको छ । निगमले सोमबार जापानले मागेको उडान अनुमतिको समयसहितको अन्तिम विवरणसमेत पठाइएको निगमका कमर्सियल डिपार्टमेन्टका निर्देशक टंकनिधि दाहालले बताए । दाहालले भने, ‘काठमाडौं–ओशाका–काठमाडौंको दुईतर्फी उडानलाई करिब १५ घण्टा लाग्ने भएको छ ।

औसतमा साढे सात घण्टाको यस्तो उडानका लागि निगमले काठमाडौं विमानस्थलबाट जाने र ओशाकाबाट फर्कन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन पटक समय तय गरिसकेको छ । विमानस्थलको धावनमार्ग मर्मत अगाडि, मर्मतको समयमा र मर्मतपछि हुने उडानलाई आधार बनाएर तालिका तय गरेको उल्लेख छ । पछिल्ला समय तय गरिएको अनुसार हाललाई बेलुकी १० बजे काठमाडौंबाट जाने र बिहान साढे ७ बजे ओशाका पुग्ने तालिका छ । यो तालिका अनुसार ओशाकाबाट बिहान ९ बजे फर्कने र काठमाडौं विमानस्थलमा दिउँसो १ बजे आइपुग्ने गरी तालिका तय भइसकेको निगमका कमर्सियल विभाग निर्देशक दाहालले बताउँछन् ।

हाल जापानबाट काठमाडौंमा चिनियाँ वायुसेवा र थाई एयरबाट यात्रु आउने गरेका छन् । कम्तीमा ४÷५ घण्टाको ट्रान्जिटबाट मात्रै जापानिज पर्यटन नेपाल भित्रनुपर्ने बाध्यतालाई हटाउन र जापानिज पर्यटक आकर्षित गर्न निगमको सीधा उडान प्रभावकारी हुने छ । सन २०१८ मा जापानबाट २९ हजार ७२९ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल आउने जापानीज पर्यटकको बृद्धिदर बार्षिक ९ प्रतिशतले बढिरहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।

You might also like

Comments are closed.