Nepal's First Video FM

अमेरिकासँग सम्बन्ध समाप्त गर्ने तालिबानको धम्की

603

तालिबानले एक विज्ञप्ती जारी गर्दै अमेरिकासँग सम्बन्ध समाप्त गर्ने भन्दै धम्की दिएको छ । लामो समयदेखि अफगानिस्तानको सबै भन्दा ठुलो आतंकारी समुहलाई वार्तामा ल्याउन कोशिस गरिरहेका अमेरिकी राजदुतको संघर्षलाई केन्द्रित गर्दै उनीहरुले विज्ञप्ती निकालेको जनाइएको छ ।
तालिबान अफगानिस्तानका सरकारी प्रतिनिधिसँग वार्ता गर्ने कुरालाई कयौँ पटक इन्कार गर्दै आएको छ । तालिबानले जनाए अनुसार गत नोबेम्बर भएको बैठकमा अमेरिकाले विदेशी शैनिक फिर्ता गर्ने र अन्य देशमाथि हमला गर्ने निर्णय गर्दा अफगानिस्तानलाई नसमेट्ने कुरामा सहमति जनाएको थियो ।

अमेरिकाका शान्ति राजदुत अफगानिस्तानमा पुगेसँगै तालिबानले अमेरिका प्रति आक्रोश व्यक्त गरेको जनाइएको छ ।गत डिसेम्बरमा अमेरिकाका राजदुत जलमय खलीलजाद पाकिस्तानका राजनीतिक एवं शैन्य नेतृत्वकर्ताहरुसँग बैठकमा सहभागी समेत भएका थिए ।अमेरिका लामो समयदेखि अफगानिस्तानमा भइरहेको द्वन्द्व तालिबानसँग वार्ता गरेर समाप्त गर्न लागि परेका छ ।

You might also like

Comments are closed.