Nepal's First Video FM

आत्मघाती बम हमलामा २२ जनाको मृत्यु

1,072

फाल्गुन ५, नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य २८ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीहरुले तीन वटा आत्मघाती बम प्रहार गरेको नाइजेरियाको आधिकारिक समाचार संस्थाले शनिबार जनाएको छ ।

कसुवार किफी भन्ने ठाउँमा शुक्रबार अबेर बम हमला भएको समाचारमा उल्लेख गरिएको छ ।

प्रत्यक्षदर्शी इद्रिसा बानालाई उद्धृत गरिएको समाचारका अनुसार तीन वटा बम एकैचोटी प्रहार गरिएको थियो ।

“बम हमला भएका बेला बजारमा निकै धेरै मानिसहरुको चहलपहल रहेको थियो”, प्रत्यक्षदर्शी बानाले भन्नुभयो ।

बोको हराम लडाकू समूहले विशेष गरेर नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा आक्रमणका घटनाहरु बढी गराएको छ ।

यही महिनाको शुरुमा उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती बम हमलामा छजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

नाइजेरियाको मादागालीमा नयाँ वर्षको पहिलो दिन भएको विस्फोटनमा परी तीनजनाको मृत्यु भएको छ ।

पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा सन् २००९ देखियता बोको हरामबाट भएका हिंसात्मक घटनामा परी २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

रासस

You might also like

Comments are closed.