Nepal's First Video FM

बुद्ध एयरले साताको तीन पटक भारत उडान भर्ने

610

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको हो ।

काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान शुरु गर्न लागिएको बताए । साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गरिने निर्देशकले बताएका हुन् । यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाता पुग्न १ घण्टा ४० मिनेट लाग्ने छ । यसअघि बुद्धले भारतको बराणसीमा उडान भर्दै आएको छ ।

बुद्धले पर्यटक यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । हाल साताको करीब ८०० उडान गर्दै आएको बुद्धले कोलकतामा ६ उडान रहने प्रबन्ध निर्देशक बस्नेतले जनाए । कोलकातामा उडान सफल भएपछि विसं २०७७ भदौदेखि दक्षिण एशियाका विभिन्न गन्तब्यमा जेट विमानबाट उडान सञ्चालन गर्ने जनाएको छ ।

तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै विसं २०७८ भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.