Nepal's First Video FM

आगलागीमा एकको मृत्यु, रु चालिस लाखको क्षति

505

फाल्गुन ५, काठमाडौँ महानगरपालिका–१२ लगनचोकस्थित एक घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ ।

अमृतलाल रञ्जितकार र अष्टनारायण महर्जनको संयुक्त घरमा शनिबार हिटरबाट आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

आगोले जलेर घाइते भएका उनकै छोरा ४८ वर्षीय प्रवीणलाल श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आगलागीबाट अष्टनारायणको करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ भने अमृतलालको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको थियो ।

रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.