अनसनरत डा गोविन्द केसीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी अलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो । माइतीघरबाट सुर भएको विरोध प्रदर्शनमा सहभागीहरुले ’सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट छ’, ’एक, दुई, तीन, चार हामी मान्ने छैनौ हार’ ।
‘पाँच, छ, सात, आठ माफियाको कान समात’ । ’जिकेसीको अनसन माफियालाई टेन्सन’, ’माफियाका ताँती ओली सरकारका साथी’ लगायतका नारा लगाएका थिए । सरकारसँग पहिले भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने भन्दै केसी पुस २५ गतेदेखि आमरण अनसनमा बस्नु भएको छ । इलाम पुगेर १६औं अनसन बसेका उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
उहा हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसिरहनु भएको छ । यता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनसनरत डा गोविन्द केसीले द्वन्द्वकालका मुद्दा समेत उठाएर भ्रम छर्न खोजेको बताउनुभएको छ ।
द्वन्द्वकालका मुद्दा र मेडिकल क्षेत्रबीच कुनै सम्बन्ध नभएपनि डा. के.सीले यस बारेमा जोडेर भ्रम छर्न खोजेको उहाँको भनाई छ ।
आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले केसीको शतप्रतिशत माग पूरा गर्न उनी आफैं प्रधानमन्त्री भएपनिशशा सम्भव नभएको बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले सञ्चार जगतले सत्य र तथ्यमा आधारित भएर पत्रकारिता गर्नु पर्नेमा जोड दिनुभयो । सरकार पत्रकार जगतको हकहितको लागि सदैव तयार रहेको भन्दै उहाँले न्युनतम पारिश्रमिक कुनै पनि हालतमा लागू हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले पत्रकारिता जगतले अब राजनीतिक मुद्धामा भन्दा पनि सम्वृद्धिका विषयमा कलम चलाउनु पर्ने समय आएको बताउनुभयो ।
Comments are closed.