डोटीका आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन् ।बैंक नहुँदा सरकारी कामकाजमा समस्या भइरहेको छ ।
डोटीका नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अरु ठाँउमा अहिलेसम्म बैंक पुगेको छैन । बैंक नहुँदा सामान्य सरकारी कामकाजका लागि समेत जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको छ ।
राज्यको पुनःसंरचनापश्चात् सरकारले मुलुक भरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन् ।
Comments are closed.