Nepal's First Video FM

रोनाल्डोले कर छलेको स्वीकारे, २ अर्ब ४३ करोड जरिवाना

137

एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि रोनाल्डो निकै विवादमा रहेकाे पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले कर छलेको स्विकारेका छन्। उनले स्पेनमा रहँदा कर छली गरेकाे मड्रिडस्थित एउटा अदालत स्विकारेका हुन् ।

रोनाल्डो
रोनाल्डोले कर छलेको स्वीकारेपछि जरिवाना बापत एक करोड ८८ लाख युरो (नेपाली रूपैयाँ करिब २ अर्ब ४३ करोड १४ लाख) तीर्न गरिएको प्रस्ताव स्विकारेका छन्।

अदालतसँगको सम्झौतामा २३ महिने जेल सजाय पनि उल्लेख छ। तर स्पेनमा सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानुपर्दैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको अनुसार रोनाल्डोले सन् २०१० देखि २०१४ को बिचमा रोनाल्डोले कर छलेका थिए। फोर्ब्सका अनुसार रोनाल्डो सबैभन्दा धनी खेलाडीको सुचीमा तेस्रो स्थानमा पर्छन्। उनको वार्षिक कमाई १० करोड ८० लाख अमेरिकी डलर छ।

यसअघि भिडिओमार्फत् अदालतमा उपस्थिति जनाउन वा कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन रोनाल्डोले गरेको आग्रह एक न्यायाधीशले अस्वीकार गरिदिएका थिए।

रोनाल्डोलाई केही समय अघि बलात्कारको आरोप लागेको थियो । रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी समेत गरेको छ।

अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास प्रहरीले अनुसन्धान गरिरहेको छ । लस भेगास प्रहरीको वारेन्ट इटालीको अदालती संरचनामार्फत पठाइएको छ ।

रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलको कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर ३ लाख पचहत्तर डलर दिएको मायोर्गाले आरोप लगाएकी थिइन ।

३४ वर्षकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी हुन् । क्याथरिन त्यो बेला मोडल थिइन् । उनले आफुले त्यतिबेला रोनाल्डोले घटना घटेको केहि महिनापछि पुलिसमा उजुरी नगर्न भन्दै ठूलो परिणाममा पैसा दिएको र आफु पनि मन्जुर भएको तर समयसँगै त्यो घटनालाई बिर्सन नसकेको बताएकी थिइन् ।

लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी थिइन् ।

मायोर्गाले विश्व चर्चित भइसकेका फुटबल स्टार बिरुद्ध घटनाबारे केस गर्न हिम्मत नआएको बताएकी थिइन् र हाल उनले सबैसामु आफुलाई साथ दिनसमेत आग्रह गरेकी थिइन् ।

३३ वर्षका रोनाल्डोले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । आफ्नो नाम प्रयोग गरेर प्रमोट हुन चाहेर यस्तो आरोप आफूमाथि लगाइएको रोनाल्डोको भनाई छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.