फागुन ६, ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका-२ बाट आइतबार ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका-३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका-८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका-४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
उनीहरुका साथबाट स्पासमा पाइभन २ सय ४०, नाइट्रोशन-टेन १ सय ४०, नाट्रभल-टेन १ सय २ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०/२० थान एम्पुल तथा गाँजा २५ ग्राम बरामद गरेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
Comments are closed.