१६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन आजबाट डाक्टरहरु सामूहिक अनसन बस्ने भएका छन्। आन्दोलनरत चिकित्सकहरु त्रिवि शिक्षण अस्पतालमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहि अनसन बस्ने घोषणा गरेका हुन् ।
नेपाल चिकित्सक संघले डा केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गर्दै आएका चिकित्सकहरूले अस्पतालको सेवा नै अवरुद्ध पार्ने चेतावनीसम्म दिएका छन् ।
नेपाल चिकित्सक संघले डा केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गर्दै आएको छ । सरकारकारले भर्खरै पास गरेको राष्ट्रिय चिकित्सा विधेयकको विरोध साथै अनशनरत डा केसीको जीवनरक्षाको लागि चिकित्सक संघले रिले अनसन प्रारम्भ गर्ने घोषणा गरेको हो । सरकारले बलपूर्वक विद्येयक परित गरेको केसी समर्थक डाक्टरहरुको आरोप छ ।
केही चिकित्सकले सरकारले जालझेल गरेरै विधेयक ल्याएको आरोप लगाएका छन् । केसीको आमरण अनसनको १९ दिनसम्म पनि सरकारले वार्ताका लागि चासो नदिएको उनीहरूको आक्रोश छ ।
स्वास्थ्यमा राजनीति हुँदा सर्वसाधारण भने चिन्तित देखिन्छन् । एकातिर सैद्धान्तिक कुरा गर्ने नै अर्कोतर्फ आम सर्वसाधारणको उपचारमा खेलबाड गर्न खोज्ने चिकित्सकको रवैयाबाट दिक्क बिरामीका आफन्त यसो भन्छन् ।
Comments are closed.