Nepal's First Video FM

आजबाट रेस्टुरेन्ट एवं बारको सेवा शुल्क बन्द

603

रेष्टुरेन्ट एवंबारको अत्तिरिक्त सेवा शुल्क हटाइएको छ । काठमाडौं, पोखरा र सौराहाका होटल तथा रेस्टुरेन्टहरूले अब सेवा शुल्कका रूपमा अतिरिक्त रकम नअसुल्ने भएका हुन् ।

सोमबार काठमाडौंमा सम्पन्न बृहत भेलाले यस्तो निर्णय गरेको रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल ‘रेबान’ले जनाएको छ ।चौतर्फी विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिक रूपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएको छ,” रेबानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आजको निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन ।”

You might also like

Comments are closed.