Nepal's First Video FM

एप्पलको फेस टाइम स्वफ्टवयरमा समस्या

89

एप्पलको फेसटाइम स्वफ्टवयरमा समस्या आएको छ । फेसटाइम एप्पलले सार्वजनिक गरेको अडियाे -भिडिओकलर एप्लिकेसन हो । यसका प्रयोगकर्ताहरुले फोन गर्दा रिसिभ गर्ने व्यक्तिले रिसिभ नगरे पनि आवाज जाने समस्या देखा परेको हो । त्यस्तै कतिपँयमा पठाइएको भिडियो पाउने व्यक्तिले थाहै नपाइ फोन पाइरहेको छ ।

याे समस्या एक प्रयाेगकर्ताले टुइटसमेत गरेका छन् ।याे समस्या कुनै ग्रुपकलमा देखिएकाे हाे । व्यक्तिले ग्रुपकल गरेमा अर्काे प्रयोगकर्ताले रिसिभ नगर्दा पनि आवाज पुग्ने समस्या देखिएपछि एप्पलले समस्याकाे कारया पत्ता लागेको र यसै हप्ता भित्र समस्या सामाधान हुने बताएको छ । यसबाट एप्पल फेसटाइममा प्रयोगकर्ताहरूलाई समूह कलहरू बनाउनका लागि असक्षम रहेको देखिन्छ।

एप्पलले समस्या भएको थाहापाउदै कारण पत्ता लगाइसकेको र यसै हप्ता सफ्टवयर अपडेट गर्ने पुष्टि गरेको छ । एप्पलको अडियो र भिडियो दुवै कल गर्न सक्ने फिचर भएको एप फेसटाइम गत बर्षमा सार्वजनिक गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.