Nepal's First Video FM

पोखरीमा डुबेर एक भारतीय बालकको मृत्यु

704

फागुन ६, सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार ज्यान गएको छ ।

मृत्यु हुनेमा भारत विहार राज्य अन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका ४ वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.