Nepal's First Video FM

मेलम्चीकाे अन्तिम म्याद भोलि सकिँदै

148

मेलम्ची खानेपानी आयोजनाको काम रोकिए पछि सरकारले पुन: काममा फर्कन निर्माण कम्पनीलाई दिएको समय मंगलबार सकिँदैछ । खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय भोलि अर्थात मंगलबार सकिने भएको हो ।

निर्माणको जिम्मा पाएको सीएमसी अहिलेसम्म सम्पर्कमा नआएको विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भन्नुभयो – “हामिले दिएको अल्टिमेटम सकिन अब एक दिन छ तर पनि उहाँहरु हाम्रो सम्पर्कमा आउनु भएको छैन् सम्पर्कमा आउने सम्भावनापनि कम देखिन्छ ।” सरकारले १३ दिन अघि काममा पर्कन दुई साताको लागि अन्तिम अल्टिमेटम दिएको थियो ।

यदी निर्माणकाे जिम्मा पाएको सीएमसीले काम नगरे के गर्ने भनेर निर्णय गर्ने बारे विकल्प खोजिरहेको समितिका निर्देशक कँडेलले बतााउनुभयो । उहाँका अनुसार दुई विकल्प अघि सारिएको छ ।

पहिलो विकल्पमा द्रुत मार्गमार्फत काम अघि बढाउने र अर्को विकल्पका रुपमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । खरिद प्रक्रिया पुर्याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने पनि दोस्रो विकल्प हो । जसमा सार्वजनिक बोलपत्र आव्हानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीमा बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद प्रक्रिया पुर्याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्न पाउने व्यवस्था छ । तर यो कप्रकृया अपनाउन भने ३ देखि ४ महिनासम्म समय लाग्ने छ । यी विकल्पहरूका बारेमा सरकारले बिशेष परिस्थितिको घोषणा गरी निर्णय गर्नुपर्ने व्यवस्था छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.