Nepal's First Video FM

सरकारले विलासिताका वस्तुकाे आयात रोक्ने

660

सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न लागेको छ । आयातदर बढ्दै गएपछि मुलुकको व्यापार घाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज लगाउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासिताका वस्तु रोक्ने तयारी गरेको हो । यसका लागि मन्त्रालयले वस्तुको पहिचान गरेर मन्त्रिपरिषद्मा पेस गरेको छ । विशेष गरी सुनचाँदी, महँगा गाडी, बाइक, खेलौना, कस्मेटिक, जुसलगायतका वस्तुको आयातमा सरकारले नियन्त्रण गर्न खोजेको हो ।

महँगा गाडी, सुनचाँदी, कस्मेटिक, खेलौना, महँगा बाइक र साइकल, फूल, घरायसी प्रयोजनका कोइला, सिसाका भाँडाकुँडा, महँगा फलफूल, मासु, चुरोट खैनी, जर्दा, महँगा इलेक्ट्रोनिक्स सामान जस्ता सामान आयातमा परिमाणात्मक बन्देज लगाउन लागिएकोे छ । यो समाचार कारोबार दैनिकबाट लिएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.