Nepal's First Video FM

कुलमानले जोगाए विद्युत् चुहावट हुनबाट ७ अर्ब रुपैयाँ

84

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत चुहावटबाट करिब ७ अर्ब जोगाएका छन् । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको हो । गत आर्थिक वर्ष २०७४/७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवमा १५.४५ मा झार्न सफल भएको हो ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको हो । प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी गर्नेछ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.