Nepal's First Video FM

मदन भण्डारी राजमार्गमा गुणस्तरहिन काम : अलकत्रामा मट्टीतेल र मोविल मिसाएर कालेपत्रे

102

मदन भण्डारी राजमार्गमा गुणस्तरहीन कालोपत्रे भएको रहस्य खुलेको छ । ठेकेदार कम्पनी जेडआइसी, शर्मा लामा जेभी कन्स्ट्रक्सनले मापदण्ड विपरीत गुणस्तरहिन कालोपत्रे गरेको रहस्य खुलेको हो । राष्ट्रिय गौरवको आयोजना मानिएको मदन भण्डारी राजमार्गमा सुरु गरिएको कालोपत्रे सरकारी पक्ष मौन बस्दा गुणस्तरहिन भएको सर्वसाधारणको भनाइ छ । ‘गुणस्तरहीन काम भएको छ’, त्रियुगा नगरपालिका ७ का कुलबहादुर दनुवारले भने, ‘ठेकेदार कम्पनीले सरकारी पक्षलाई मौन बस्न लगाएर गुणस्तरहिन काम गरेको हो ।’

कालोपत्रे पनि मापदण्ड विपरीत भएपछि राजमार्ग आसपासका सर्वसाधारण विरोधमा उत्रिएका छन् । कालेपत्रेको चौडाइ ११ मिटर हुनुपर्नेमा १० मिटर मात्र भएपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन् । विगतमा स्थानीयसँग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयलाई झुक्याएर गुणस्तरहिन काम गरेको सर्वसाधारणको भनाइ छ ।

स्थानीयहरुले मट्टीतेल, डढेको मोविल मिसाएर अलकत्रा पकाएको, डबल बिटविन सर्फेस ट्रिटमेन्ट प्रणालीमा कालोपत्रे नभएको बताए । ‘अलकत्रा छरेको दुई दिनसम्म पनि मट्टीतेल र डढेको मोविलको भाग छुटिएर बसेको छ’, उनले भने, ‘अलकत्रा जाम नभएपछि सुख्खा बालुवा प्रयोग गरेको छोपेको, कालोपत्रेको मोटाइ कम भएको छ तर सरकारी पक्ष मौन छ ।’

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.