Nepal's First Video FM

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो ‘फ्रिडम प्याक’

805

फागुन ६, नेपाल टेलिकमले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा ‘फ्रिडम प्याक’ अफर ल्याएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा प्रयोग गर्न सक्नेछन् ।

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सो प्याक फागुन ६ देखि ८ गतेसम्म खरिद गर्न सकिनेछ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिएपछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने बताइएको छ । तर, एक पटकमा एउटा प्याकमात्र खरिद गर्न सकिनेछ ।

प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.