Nepal's First Video FM

पशुपतिनगरमा सवारी आवागमन ठप्प

172

प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय स्थलको रुपामा परीचित ईलामको पशुपतिनगरमा सवारी चल्न रोकिएपछि पर्यटकीय स्थल सन्दकपुरको पर्यटन आवागमनमा प्रभाव परेबको छ ।

प्रदेश १ सरकारले भर्खरै यस क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ । तर यस क्षेत्रमा जाने प्रमुख पदमार्ग पशुपतिनगरमान बाक्लो हिमपाल भएपछि सवारी साधन चल्न सकेका छैनन् । यस क्षेत्रका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि नै पर्यटकीय पदमार्ग ठप्प भएको छ ।

वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षात्सँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा चार फिटसम्म हिमपात भएकाले शनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलीला ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताए। पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.