Nepal's First Video FM

भूकम्प प्रभावित क्षेत्रमा मन्त्रीसमेत सवार हेलिकोप्टर दुर्घटना, १३ जनाको मृत्यु

805

फागुन ६, एजेन्सी । मेक्सिकोको दक्षिणी क्षेत्रमा एक जना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो ।

गत शुक्रबार अवेर राति ७.२ म्याग्नीच्युडको भूकम्प जाँदा ठूलो मात्रामा भौतिक क्षति भएको छ । दुर्घटनामा परी ५ महिला, ४ पुरुष र ३ बालबालिकाको घटना स्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीहरुले बताएका छन् ।

युएच-६० ब्ल्याक हक नामक सो सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिलासम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्य गभर्नर अलेजान्द्रो मुरात पनि रहेका थिए ।

तर मन्त्री र गभर्नर भने सकुशल रहेका सो मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । भूकम्पका कारण सो क्षेत्रमा ५० वटा घरसँगै सभाहल र केही चर्च पनि ध्वस्त भएका छन् । तर अहिलेसम्म मानवीय क्षतिको खवर भने आएको छैन ।

ओक्साका राज्यका अधिकारीहरुले भूकम्प प्रभावितहरुका लागि शिविरहरु स्थापना गरेका छन् भने उनीहरुलाई आपतकालिन सहयोगका लागि झण्डै ६ हजार सैनिक र प्रहरी पनि परिचालन गरिएको छ । रासस

You might also like

Comments are closed.