Nepal's First Video FM

भिआइपी हिड्न ओछ्याउने रातो कार्पेटमा समेत लाखौँको भ्रष्टाचार

146

१८ औं सार्क सम्मेलन आउने भिआइपीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारल नेपाली सेनालाई दिएको थियो। भिआइपीका लागि पाँच हजार ९८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो।

सेनाले भने सात हजार २५ वर्गफिट खरिद गरेको विवरण पेश गरेको थियो। यसबाट राज्यलाई चार लाख रुपैयाँ व्ययभार परेको थियो। रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखा परीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो।

सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख रुपैयाँ बजेट दिएको थियो। त्यस क्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्‍यो। तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौं सम्मेलनपछि मात्र उपलब्ध गराएको थियो ।

यस्तै निहिल ट्रडिङ कम्पनीसँग एक करोड ४४ लाख बराबरको उपकरण खरिदको सम्झौता गरेको थियो। तर, ती उपकरण सार्क सम्मेलन सकिएपछि मात्र प्राप्त भएका थिए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.