Nepal's First Video FM

पूर्वराजा ज्ञानेन्द्रलाई लगाइदिन उनेको माला सडकमै फ्याँकियो

60

पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि बुधबार अपरान्ह झापा आइपुगेका छन्। बाराको सिमराबाट आफैं गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र पत्नीसहित झापाको हिमालयन महालक्ष्मी चिया बगान आइपुगेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाहनिकट श्रोतका अनुसार उनी तीन साता लामो बसाईका लागि झापा आएका हुन्। झापामा उनको कुनै औपचारिक कार्यक्रम तय गरिएका छैनन्। उनकै स्वामित्वमा रहेको हिमालयन महालक्ष्मी चिया बगान भित्रको मिनी दरवारमा ज्ञानेन्द्र पत्निसहित बस्नेछन्।

गत वर्ष पनि ज्ञानेन्द्र दुई साता यो चिया बगानमा बसेका थिए।

सिमराबाट झापासम्म आउदा पूर्वराजा ज्ञानेन्द्र आफैंले सवारी चलाएका थिए। ठाउँ ठाँउमा उनका समर्थक स्वागतका लागि पूर्व-पश्चिम राजमार्गमा फूल माला लिएर बसे पनि उनले गाडी रोकेनन्।

मोरङको विराटचोकमा स्वागतद्धार नै निर्माण गरेर बसेका सयौं समर्थक पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकी अघि बढाएपछि निरास भएका थिए। पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि पूर्व-पश्चिम राजमार्गको विराटोचौकमा रातो कार्पेटसमेत ओछ्याइएको थियो।

ढाका टोपी, दौरा सुरूवाल र राष्ट्रिय झन्डासहित बसेका समर्थकले पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकेपछि उनलाई लगादिन हातमा लिएको सयपत्रीको माला आफैं लगाएका थिए।

नेपाल विद्धत परिषद क्षेत्रिय कार्यसमिति सुन्दर हरैचा मोरङले उक्त कार्यक्रमको आयोजना गरेको थियो। बिहान ११ बजेदेखि सडकमा उभिएकी ५४ वर्षीय धनरानी अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहालाई माला लगाईदिन नपाएपछि भुईँमा फालिदिईन्। उनले सेतोपाटीसँग भनिन्, ‘आफ्नै हातले उनेको माला लगाईदिन नपाएपछि फालिदिएको हुँ। ड्राईभर आफैं भएपछि त देखेर पनि रोक्नुपर्छ नि?’

दमकको चिया बगान प्रवेशद्धारमा पनि विराटचोककै जस्तो सयौं समर्थक जिल्लीए। अपरान्ह ४.३५ बजे प्रवेशद्धार आईपुगेका पूर्वराजा ज्ञानेन्द्र सिधै मिनी दरबार पसेका थिए।

राप्रपा प्रदेश नम्बर १ का अध्यक्ष राम थापालगायतका सयौं समर्थक ज्ञानेन्द्रलाई स्वागत गर्न नपाएपछि जिल्ल परेका थिए।

पूर्वराजा ज्ञानेन्द्र चिया बगान वसुन्जेल बगानको सुरक्षा ससस्त्र प्रहरीले गर्ने प्रहरी स्रोतले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यलय दमकका डिएसपी स्यामल सुव्बाका अनुसार नेपाल प्रहरीलाई ज्ञानेन्द्रको झापा आवगमनका बारेमा कुनै औपचारिक जानकारी दिईएको छैन।

डिएसपी सुब्बाले भने, ‘हाम्रो नियमित गस्ती हुन्छ नै, तथापी शसस्त्र प्रहरीले नियमित सुरक्षा दिने जानकारी पाएको छु।’

यता जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत महेन्द्रकुमार थापाले पनि पूर्वराजा ज्ञानेन्द्रको औपचारीक कार्यक्रमका बारेमा अनविज्ञता जनाए।

समाचार स्रोतका अनुसार ज्ञानेन्द्रले झापा बसाईका क्रममा पूर्व राजावादीसँग भेटघाट गर्ने कार्यक्रम छ। बुधबार साँझ पनि उनले दमक आसपासका पूर्वराजावादीसँग भेटघाट र वर्तमान राननीतिक अवस्थाका बारेमा कुरा गर्नेछन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.